Rule 3
भिसा दिने वा नदिने नेपाल सरकारको अधिकार
(१) कुनै विदेशीलाई भिसा दिने वा नदिने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित रहनेछ ।
(२) नेपाल सरकारले कुनै मित्र राष्ट्रका नागरिकलाई पारस्परिकताको आधारमा भिसा नलिई नेपालभित्र प्रवेश गर्न दिन सक्नेछ ।